काठमाडौं : राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको बताए। समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमध्ये कुनै निर्वाचन प्रणालीमा भाग लिएन । प्रतिनिधि सभाको समानुपातिकतर्फ सो दलले १३ सिट पाएको छ ।
समानुपातिकतर्फ पाएको मतको आधारमा सिट सङ्ख्या र समावेशी समूहबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या निर्धारण गरी आयोगले पत्राचार गरेको हो । आयोगले पठाएको पत्रमा राजनीतिक दलले उम्मेदवार छनोट गर्ने आधारसमेत खुलाइएको छ । गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्