गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

होस्ट खबर १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

लोकन्थलीस्थित बाँस्कोटाको घरको परिसरमा प्लाष्टिकमा बेरेर राखिएकाले शंकास्पद वस्तु प्रेसर कुकर बम हुन सक्ने आशंका गरिएको छ ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई त्यहाँ पुगिसकेको छ । यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको बन्दै गरेको घरमा बम विष्फोट भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्