धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु

होस्ट खबर १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

धनुषा : धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसा मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्