संसदीय यात्रामा २० भन्दा बढी व्यवसायी

होस्ट खबर १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : अब सांसद बन्न सडक आन्दोलनमा सक्रिय हुनु, जेलनेल भोग्नु, व्यक्तिगत स्वार्थ त्याग गर्नु मात्र नभएर व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्नु पनि योग्यताको कसी बन्न पुगेको छ। जसका कारण उद्योगी–व्यवसायीले धमाधम सांसद बन्ने अवसर पाइरहेका छन्।

उद्योगी तथा व्यवसायी समानुपातिकबाट मात्र नभई प्रत्यक्ष चुनाव लडेरै निर्वाचित हुन थालेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट २० जनाभन्दा बढी उद्योगी–व्यवसायी संसद्का लागि चुनिएका हुन्। विगतमा समानुपातिक सूचीमा बसेर सांसद बनेकाहरू अहिले प्रत्यक्ष निर्वाचनबाट संसद्मा पुगेका छन्।

संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माण गर्ने संसद्मा व्यापारीहरू आउँदा स्वार्थको द्वन्द्व हुने आकलन गरिन्छ। तथापि प्रत्यक्ष निर्वाचन लडेर जनताबाट अनुमोदित भई उद्योगी–व्यवसायीहरू संसद्मा आएका छन्। व्यावसायिक पृष्ठभूमि भएका राजनीतिकर्मी सांसद हुने क्रम हरेक निर्वाचनमा बढ्दै गएको छ।

विगतमा समानुपातिकमा बस्ने परम्परा रहे पनि यसपटकको निर्वाचनमा धेरै व्यवसायी प्रत्यक्ष निर्वाचन लडेर संसद्मा पुगेका हुन्। उनीहरू नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट टिकट पाएर विजयी भएका हुन्। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्