प्राप्त सेवा सुविधा, विद्यालय र देव देवालयहरुमा खर्चिने संसद वुढाको घोषणा

होस्ट खबर १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

डोल्पा : डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठमन्दिर, गुम्बा र विद्यालय निर्माण तथा मर्मतमा खर्च गर्ने घोषणा गरेका छन्।

जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मठमन्दिर, गुम्बा र विद्यालय निर्माणसहित विपन्न बालबालिकाको पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका हुन्। डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म जिताएकोमा धन्यवाद दिँदै उनले जनताको हरेक सुखदुखमा साथ दिने बताए।

नवनिर्वाचित सांसद बुढाले भेरी करिडोर स्तरोन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, ‘त्रिपुराकोट काइगाउँ बजार बचाउ’ योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्