अहिले सम्मको समानुपातिकतर्फको मतगणना नतिजा !

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : आइतबार सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ हालसम्म ४३ लाख ९४ हजार २३९ मत गणना सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये समानुपातिकतर्फ एक करोड ९ लाख ७० हजार बढी मतदान भएको अनुमान गर्न सकिन्छ ।

यसआधारमा अब ५७ लाख २ हजार बराबर मत गणना हुन बाँकी रहेको छ । निर्वाचनमा कुल खसेको मतको ३ प्रतिशत मत पाउनेले थ्रेस होल्ड कटाउँछ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ११ लाख ८८ हजार १४७ मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ११ लाख २७ हजार ७०८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ५२ हजार ८४३ मत पाएको छ ।

यस्तै माओवादी केन्द्रले ५ लाख १५ हजार २२४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९१ हजार ७३३ मत पाएको छ । यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ४४ हजार ७८८ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ८९ हजार ८१४ मत पाएको छ ।

यस्तै जनमत पार्टीले ८५०५४, नागरिक उन्मुक्ति पार्टीले ८४१०१, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५८५७०, नेपाल मजदुर किसान पार्टीले ५८०२५, हाम्रो नेपाली पार्टीले ३३९४३, राष्ट्रिय जनमोर्चाले ३११५८, मंगोल नेशनल अर्गनाइजेशनले २३१०६, नेपाल कम्युनिष्ट पार्टी मालेले १२५४८, राष्ट्रिय जनमुक्ति पार्टीले ९६३८ मत पाएको आयोगले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्