हुम्ला-१ ‘क’बाट माओवादीका रणसिंह परियार निर्वाचित

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

हुम्ला : हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी दिएका हुन् ।

माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array