सुर्खेत-२ प्रदेशसभा ‘ख’मा बिन्दमान बिष्ट विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर- २ प्रदेशसभा (ख) बाट गठबन्धन दलका (माओवादी केन्द्र) उम्मेदवार बिन्दमान बिष्ट विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ताराकेशर गौतमलाई ४ हजार ५ सय ७९को  मतान्तरले पछि पार्दै उनी विजयी भए ।  बिष्टले १३ हजार ९ सय ०९ मत प्राप्त गरे भने  ताराकेशर गौतमले ९ हजार ३ सय ३० मत प्राप्त गरेका हुन् ।

यस्तै नेकपा एकिकृत समाजवादीका मोहन सिंह बडुवालले ६ हजार २ सय ०९ मत, राप्रपाका कर्ण बहादुर रेगामी मगरले ७ सय ९२ मत र नेपाल मजदुर किसान पार्टीका गगन कमीले ९४ मत मत प्राप्त गरेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्