सुर्खेत-१ (ख)मा माओवादीका कृष्ण जिसी विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवारले विजय सुरु गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ (ख) को ताजा नतिजा अनुसार माओवादी केन्द्रका कृष्ण बहादुर जिसी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मालाई ४ हजार १ सय ९६को  मतान्तरले पछि पार्दै उनी विजयी भए ।  जिसीले २१ हजार ७ सय ३४ मत प्राप्त गरे भने  डण्डीप्रसाद शर्माले १७ हजार ५ सय ३८ मत प्राप्त गरेका हुन् ।

यसतै राप्रपाका मान बहादुर खनालले १ हजार ४ सय ८३ मत, स्वतन्त्र तर्फ दीपेन्द्र नाथ योगिले ४ सय ५१ मत, जसपाका कृपा राम बस्नेतले ३ सय ५७ मत, राष्ट्रिय जनामोर्चाका मोहोन थापाले ३ सय २८ मत, नेपाल मजदुर किसान पार्टीका मनकली रामजालीले ६३ मत र अर्का स्वतन्त्र तर्फका देव वहादुर चन्दले ९ मत ल्याएका थिए l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्