जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही भरी मतले विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

जुम्ला : एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी गोमा गौतम (कुँवर)ले ११ हजार नौ सय ५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ९२० मा नेकपा ९एमाले० का उम्मेदवार टेकराज पछाई निर्वाचित भए । प्रदेशसभा ९१० मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्