रवि लामिछानेको अग्रता कायमै

होस्ट खबर
होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्