डोटीबाट प्रतिनिधि सभामा प्रेम आले निर्वाचित

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : डोटीबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । आज विहान सम्मन्न मतगणना अनुसार एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्