सुर्खेत-२ प्रदेशसभा (क) बाट एमालेका यामलाल कँडेल विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर-२ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा एमालेका उम्मेदवार कँडेलले १८ हजार ५६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य ले १८ हजार ४ सय मतले पराजित भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गरेका छन् । कँडेल एमालेबाट कर्णाली प्रदेशका मुख्य मन्त्रीका दाबेदार हुन् । उनले यसअघि पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array