चितवन–२ मा झण्डै दोब्बर मतले रवि लामिछाने अगाडी

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : चितवन–२ मा झण्डै दोब्बर मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

अहिलेसम्म ३७ हजार ३४७ मतगणना हुँदा लामिछानेले १७ हजार ५२९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

लामिछाने र पोखरेलबीचको मतान्तर ८ हजार ६ सय ८८ रहेको छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले ८ हजार ६४१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्