जुम्लामा मतान्तर बढाउदै ज्ञानेन्द्र शाही

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ७ हजार ८२८ मतान्तरले अग्रता बढाएका छन् ।

साढे २ बजेको परिणाम अनुसार अहिलेसम्म ३१ हजार १७३ मत गन्दा शाही १६ हजार १८ मत प्राप्त गरेर पहिलो स्थानमा छन् । उनलाई पछ्याउदै सत्ता गठबन्धनकी उम्मेदवार गोमा गौतम कुवँरले ८ हजार १९० मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका रतननाथ योगीले ४ हजार १२५ मत प्राप्त गर्दा मादलका डिल्ली काफ्लेले ७४९ मत प्राप्त गरेका छन् । १७ सय ४१ मत बदर भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्