कर्णाली प्रदेशसभा सुर्खेत-२ ‘क’ को मतगणना सुरु

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभा सुर्खेत क्षेत्र नं २ (क) प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ ।

कर्णाली प्रदेशसभा सुर्खेत क्षेत्र नं २ (क) मा ४४ हजार पाँच सय र क्षेत्र नं २ (ख) मा ३१ हजार ६ सय ८३ मत खसेको थियो । कर्णाली प्रदेशसभा सुर्खेत क्षेत्र नं २ (क) मा नेकपा एमालेका यामलाल कँडेल, नेपाली कांग्रेसका कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुनेछ ।

साथै कर्णाली प्रदेशसभा सुर्खेत क्षेत्र नं २ (ख) को मतगणना पनि आजै सुरु गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्