चितवन- २ मा रवि लामिछाने २ हजार ६० मतले अगाडि

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ४३६ मतान्तरले अग्रता लिएका छन्।
मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका लामिछानेले १७ हजार मत गणना हुँदा ७ हजार ०११  मतसहित अग्रता लिएका हुन्।

लामिछाने पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् ।

नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ तेस्रो स्थानमा छन् । लामिछानेले ७ हजार ०११ मत प्राप्त गर्दा एमालेका पोख्रेलले ४ हजार ९५१ र काङ्ग्रेसका श्रेष्ठले ४ हजार ५९७ मत प्राप्त गरेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्