कर्णालीका सात जिल्लामा सुरु भएन मतगणना

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेख जिल्लाबाहेक अन्य सात जिल्लामा मतगणना सुरु भएको छैन । हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा हेलिकोप्टरबाट मतपेटिका सदरमुकाम ल्याउने काम चलिरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

कर्णालीका विकट र पहाडी जिल्ला जाजरकोट, कालिकोट, जुम्ला, पश्चिम रुकुममा मतपेटिका ल्याउने काम चलिरहेको छ ।

जुम्लामा मतपेटिका संकलन भए पनि मतगणना सुरु नभएको चालिसेले बताए । हुम्ला, मुगु र डोल्पाका विकट मतदान केन्द्रबाट मटपेटिका मतदान केन्द्रमा ल्याउन आज बिहानदेखि सुरु भएको छ ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २, दैलेखको निर्वाचन क्षेत्र नम्बर २ र सल्यानमा मतगणना जारी छ ।

कर्णाली जिल्लाको सुर्खेत क्षेत्र नम्बर १ बाहेक सबै निर्वाचन क्षेत्रमा आज बेलुकासम्म मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array