सुर्खेत-२ मा मतगणना सुरु, यी हुन् उम्मेदवार

होस्ट खबर ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै केहीबेरअघि मतगणना सुरु भएको हो । यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी र एमालेबाट जिल्ला अध्यक्ष अमृत विसी उम्मेदवार छन् ।

यस्तै २ (क) बाट प्रदेश सभाका लागि एमालेका प्रभावशाली नेता यामलाल कँडेल र कांग्रेस–माओवादीको साझा उम्मेदवारको रुपमा कांग्रेसका कालिप्रसाद शाक्य उम्मेदवार छन् । यहाँ नेकपा एकीकृत समाजवादीबाट शिव प्रसाद उपाध्याय उम्मेदवार छन् । यस्तै प्रदेशशभा सुर्खेत-२ (ख) मा विन्दमान विष्ट (कांग्रेस–माओवादी) माओवादीबाट र एमालेबाट ताराकेशर गौतम उम्मेदवार रहेका छन् । यहाँ समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालपनि उम्मेदवार छन्।

यो क्षेत्रमा मुल मतदाता मध्ये १ लाख २२ हजार ६७४ अर्थात ६० प्रतिशत मत खसेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्