सुर्खेत–२ को सर्वदलिय बैठक सकिएलगत्तै मतगणना सुरू हुने

होस्ट खबर ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगाणनाका लागि सर्वदलिय बैठब बस्न लागेको छ। निर्वाचन क्षेत्र–२ को प्रतिनिधि तथा प्रदेश सभाको लागि आइतबार भएको निर्वाचनको मतगणनाका लागि सर्वदलिय बैठक बस्न लागेको हो।

निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का विभिन्न ठाउँमा आइतबार सम्पन्न मतदानपछि सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा आइसेको छन्।

जसका लागि मतगणानको स्थल वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भने टुङ्गो लाग्न सकेको छैन्। आइतबार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा स्थगित भएको छ।

मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलिय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्ने बारे पनि छलफल हुने जनाईएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्