काठमाडौं : २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीले देशभरिबाट समानुपातिकतर्फ २.२२ प्रतिशत मत प्राप्त गर्दा एक सिट पनि पाएन। किनकि ३ प्रतिशत थ्रेसहोल्ड मत कट्न नसक्दा एक सिट पनि आउन सकेन।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
तर राष्ट्रिय जनता पार्टी (राजपा) ले ४.९४ प्रतिशत समानुपातिक मत पाउँदा ६ सिट जित्यो। राजनीतिक दलहरूले समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने कानुनी बाध्यता छ। आइतबार हुने निर्वाचनबाट समानुपातिकमा देशभरिबाट ३ प्रतिशत नल्याउने दलको समानुपातिकतर्फको मतको कुनै अर्थ हुने छैन।
दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट दलको सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा जम्मा ११० जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेशमा २२० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिकका लागि उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन्।
राजनीतिक दलले ल्याएको सदर मतको अनुपातमा विजयी सिटको बाँडफाँट गर्न समानुपातिक प्रणालीबाट विजयी घोषणा हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिनेछ। त्यस अन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिनेछन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट समानुपातिक उम्मेदवारका लागि दलको सिट संख्या निर्धारण हुनेछ।
प्रतिनिधिसभाका लागि कुनै ‘क’ दलले प्रत्यक्ष तर्फबाट एक सिट मात्र जितेको र समानुपातिकमा २.९ प्रतिशत मत प्राप्त गरेको खण्डमा त्यस्ता व्यक्तिले स्वतन्त्रको हैसियतमा संसद्मा प्रतिनिधित्व गर्नेछन्। समानुपातिकमा पाएको ‘क’ दलको २.९ मतको कुनै गणना हुने छैन।
कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याएको खण्डमा सामान्य दलका तर्फबाट प्रतिनिधित्व गर्नेछ। कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिक तर्फबाट ३ प्रतिशतभन्दा कम मत ल्याए त्यस दलको सबै मत खेर जानेछ। उसले पाएको मतको कुनै गणना हुनेछैन। प्रदेशसभा सांसदका लागि समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न ३ प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउने दलले प्रतिनिधित्व गर्न पाउनेछन्।
पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था रहेको आजको नागरिक दैनिकमा खवर छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्