चुनावी प्रचारप्रसारको अन्तिम कसरतमा उम्मेदवार, आज मध्यरातिबाट मौन समय सुरु

होस्ट खबर १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ बिहीबार मध्यराति १२ बजेबाट सुरु हुँदै गर्दा उम्मेदवार प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन् ।

निर्वाचन आयोगले ४ मंसिरअघिको ‘स्थिर समयमा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

१ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो ।

निर्वाचन आयोग आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू गरिएको जानकारी दिए । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न नपाउने उनले प्रस्ट पारे ।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

प्रचारप्रसारको अन्तिम कसरतमा उम्मेदवार

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

यसैगरी, आसन्न निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान पाइनेछैन । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशनसमेत जारी गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ । निर्देशनअनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array