दैलेख एमालेलाई ठूलो झटका, कर्णाली प्रदेश कमिटि सदस्य शाहीद्धारा एमाले परित्याग

होस्ट खबर २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

सुर्खेत : एमाले कर्णाली प्रदेश कमिटि सदस्य एवम चामुण्डा विन्द्रासैनी नगरपालिकाका निवर्तमान उपप्रमुख तारा कुमारी शाहीले आजको मिति देखि लागु हुने गरि एमाले परित्याग गरेको घोषणा गरेकी छिन् ।

उनको यो घोषणाले दैलेख एमालेमा गम्भीर धक्का लागेको हो । २०७४ सालमा एमालेबाट उपप्रमुखमा विजयी भएकी शाही एमालेको इमान्दार कार्यकर्ता हुन । उनले आजैदेखि गठबन्धनको पक्षमा मत माग्न थालिसकेकी छिन् ।

उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष केपि शर्मा ओलीमा स्वेच्छाचारिता बढदै गएको पाइएको निष्कर्षसमेत निकालेकी हुन ।

‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्वान्तलाई निष्कृय बनाउदै वर्षौदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरुलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रष्ट हुन्छ ।’

उनले लेखेकी छिन्, ‘हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नु हुदैन भनेर भनेकै आधारमा भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीहरु लगायत हजारौं नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको संगठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, संघिय लोकतान्त्रीक गणतन्त्र विरोधी भुमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजिनामा गरेको घोषणा गर्दै संविधान र संघिय लोकतान्त्रीक गणतन्त्र रक्षाका लागि वाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’

उनी निकट भविष्यमा नै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्