म जहाँ उभिन्छु त्यहाँ जित निश्चित छ: प्रचण्ड

होस्ट खबर २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

कालीकोट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जुन ठाउँमा टेक्यो त्यो स्थानमा जित निश्चित भएको दाबी गरेका छन्। मंगलबार कालीकोटको रास्कोट नगरपालिकामा भएको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने, ‘मैले जहाँ–जहाँ पाहिला टेक्छु। त्यहाँ–त्यहाँ हाम्रो उम्मेदवारले जित्नु हुन्छ। स्थानीय तहको निर्वाचनमा पनि यस्तै भएको छ। मैले जहाँ टेकेको छु। त्यहाँ हाम्रो जित निश्चित छ।’

साथै, प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीले संविधानमाथि अपमान गरेको भन्दै जनता माझ आएर माफी माग्नु पर्ने जिकीर गरे।

उनले भने, ‘ओलीले मैले अपराध गरेँ, पार्टी विभिाजित गरेँ, संसद विघट गरेँ भनेर माफ माग्नुको सट्टा मैले गरेको सबै कुरा ठीकै हो भन्ने ठान्छन् भने त्यो भन्दा लज्जस्पद कुरा अरु के हुनसक्छ ररु’

प्रचण्डले गठबन्धनले जितेपछि कालीकोट रास्कोटमा बन्ने विमानस्थल लगायतका अन्य विकास निर्माणका काममा फड्को मार्ने बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्