डेल्धुरामा मलाई प्रचार गर्न रोक लगाईयोः सागर ढकाल

होस्ट खबर २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका साग ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन्।

उनले सोमवार वक्तव्यमार्फत आफूलाई जोगाइदिन जनतालाई आह्वान गरेका छन्।

ढकालले प्रधानमन्त्री देउवाले खुल्लमखुल्ला कानून नियम उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको आरोप लगाउँदै आफूले भने हर्क साम्पाङजस्तै माइकिङ गर्न खोज्दा त्यो पनि नदिइएको गुनासो गरेका छन्।

प्रचारप्रसारमा कुनै अवरोध नभएको प्रशासन दाबी

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकालको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नभएको दाबी गरेको छ । डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्तीमार्फत त्यसको खण्डन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ । निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array