‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

होस्ट खबर २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । १५ दिनको हस्पिटल बसाइपछि केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्