‘नो नट अगेन’ लाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश

होस्ट खबर २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : सर्वोच्च अदालतले ‘नो नट अगेन’ फेसबुक पेज सामाजिक सञ्जालमा समूह सञ्चालन गर्नेहरू विरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आइतबार कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो । उम्मेदवारहरूविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको फेसबुक पेज र समूह बन्द गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी ‘नो नट अगेन’ पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गर्दै उक्त पेजलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्नसमेत आयोगले आग्रह गरेको थियो ।

आयोगको सो कदमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले रिट दायर गर्नुभएको थियो । अदालतले निर्वाचन आयोगलगायतका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । त्यस्तै, २४ गते रिट निवेदक र विपक्षी दुवैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्