सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

होस्ट खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

डोटी : ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्।

लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच गत भदौ २ गते पश्चिम सेती जलविद्युत् आयोजनासँगै सेती–६ को सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको सम्झौतासँगै पश्चिम सेती निर्माण हुने अपेक्षाका साथ उम्मेदवारले चुनावी अभियानमा यही विषयलाई प्राथमिकतामा राखेका छन्।

सत्ता साझेदार गठबन्धनका उम्मेदवार एवं नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य प्रेमबहादुर आलेले प्रधानमन्त्री देउवाकै उपस्थितिमा सम्भाव्यता अध्ययन सम्झौता भएको र यसको निर्माण प्रक्रिया अघि बढाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो। उनले बताए, “४० वर्षअघि नै सन् १९८० मा फ्रेन्च कम्पनी स्रोग्रेह कन्सल्टेन्टले सुरु गरेको पश्चिम सेती जलविद्युत् आयोजना अध्ययन अब पूरा हुन्छ। त्यसपछि यही गठबन्धन सरकारले पश्चिम सेती निर्माण सम्पन्न गर्छ।”

नेकपा ९एमाले०का प्रतिनिधि सभा उम्मेदवार एवं नेत्री गौरीकुमारी ओलीले पनि आफ्नो चुनावी मुद्दा पश्चिम सेती नै बनाएका छन्। सरकारले सन् २०१२ मा चिनियाँ कम्पनी सीटीजीआईलाई निर्माण गर्न दिने सम्झौता गरे पनि काम अघि बढेन। प्रस्तावित सेती पश्चिम ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना बन्नेछ। यसको कुल लागत एक अर्ब ३२ करोड अमेरिकी डलर प्रारम्भिक अनुमान गरिएको छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्