ह्यालोविन पर्वमा भागदौड हुँदा कोरियामा १४९ जनाको मृत्यु

होस्ट खबर १३ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सउल : दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array