कालीकोटमा बम विस्फोट, बालिकाको मृत्यु, चार जना घाइते

होस्ट खबर १२ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको  जानकारी दिए।

यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए।

घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए।

घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए।

प्रजिअ रामहरिले अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array