कांग्रेसको निर्वाचन संकल्पपत्र आज सार्वजनिक गरिदै

होस्ट खबर १२ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार गरेको संकल्पपत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुुन लागेको हो । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

घोषणापत्रलाई अर्थविद् डा स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ । कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्