कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन

होस्ट खबर ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

कालीकोट : कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन भएको छ । बर्खा तथा असोज १९ गतेदेखि लगातार परेको पानीले बन्द भएको सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरुपमा खुलेको हो ।

सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, निर्माण व्यवसायी र जिल्ला प्रशासन कार्यालयले निरन्तर पहल गरेका सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

हिजो बेलुका ९ बजेदेखि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड सञ्चालनमा आएसँगै अब अवरोध नरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

राजमार्ग सञ्चालनमा आएपछि सडकमा झण्डै १५ दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । कर्णाली राजमार्गको नाग्म–गमगडी सडकखण्ड यसअघि शनिवारदेखि नै खुलेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array