बाइडेनले मनाए ह्वाइटहाउसमा दीपावली

होस्ट खबर ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौ : अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावली मनाएका छन । बाइडेनले सोमबार राती सरकारी निवास ह्वाइटहाउसमा दीपावली मनाएका हुन् ।

दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनका साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति रहेको थियो ।

बाइडेनको ट्विटरमा दिपावली मनाएको फोटो राख्दै दीपावलीको दियोले अन्धकारलाई हटाउने उल्लेख गरेका छन् । दीपावलीको अवसरमा न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पनि विशेषरुपमा सजाइएको थियो ।

दिपावली मनाउन मुख्यालयको भवनमा समेत झिलीमिलि बत्तिवाट ‘ह्याप्पी दिवाली’ लेखिएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array