बि.सं. २०७९ कात्तिक ८ गते मंगलबारको राशीफल

होस्ट खबर ८ कार्तिक २०७९, मंगलवार
7 Min Read
Aa

सुर्खेत : आज कात्तिक ८ गते मंगलबार । आज अक्टुबर महिनाको २५ तारिक २०२२ । कार्तिकृष्णपक्ष अमावस्था, औँशी, यमपञ्चक तिहारको तेस्रो दिन गाई लक्ष्मीपूजा थियो । तर, आज सूर्यग्रहण परेको छ । त्यसैले हिजो साँझ लक्ष्मीपूजा गरियो भने गाईपूजा र गोबर्धन पूजा रहेको छ ।

आज साँझ ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुन्छ भने १७ः२४ को समयमा सूर्यास्त हुनेछ । नेपालमा २४ मिनेट सर्वपर्व हुनेछ । त्यसका लागि ग्रहण शुरु हुनुभन्दा १२ घण्टा पहिलेदेखि सुतक लाग्ने गर्दछ । बालक, बृद्ध र विरामीहरु बाहेक अन्यको लागि भोजनादि निषेध छ । सूर्यग्रहण सकिएपछि भोलिपल्ट बिहान सूर्योदय भएपछि मात्र भोजन गर्ने गरिन्छ ।

त्यसलाई निशी बार्ने भनिन्छ । जसका माता पिता दुवै जनाको मृत्यु भएको छ भने मात्र औँशीको दिन निशी बार्ने चलन छ । आज बिहान सूर्योदय ६ः१० मा भएको छ भने सूर्यास्त ५ः२६ मा हुनेछ । चित्रा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आजका देवता यमराज र ग्रहदेव शनि रहेको छ । आजको दिन इष्टदेव, कुलदेवको स्मरण, ध्यान, जप, योगमा दिन विताउनु उत्तम हुनेछ ।

ग्रहणका विभिन्न दोषहरु हुन्छन । विभिन्न राशि भएका ब्यक्तिलाई, लाभ, हानी, कष्ट भनिए पनि सबैका लागि ग्रहणको प्रभाव नकारात्मक हुने गर्दछ । त्यसैले आजको दिन मौन रहनु, उत्तम हुन्छ । कुनै नयाँ काम र नयाँ कार्यलाई पनि निषेध गरिएको छ । कसैसँग पनि विवाद हुने कुरा र काम त गर्दै गर्नु हुँदैन । भगवननाम स्मरण नैं आजको दिनको सबैभन्दा ठूलो उपलब्धी हो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएका जातकका लागि मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक आय हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कसैसँग विवाद नगर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुन सक्नेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि, हू, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । परिवारका सदस्यहरुबीच सुमधुरता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुभ छ ।

कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । चन्द्रमाको साथ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापारबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा जेष्ठ श्रेष्ठ सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे)
काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमानचालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।

नोटः आजको दिन सबैले गणेशस्त्रोत, हनुमानचालिसा र अन्य स्त्रोतहरु पाठ गर्ने र सुन्ने कार्य गर्नु उत्तम हुनेछ । बालक, बृद्धको लागि भोजन लिएपछि पानी, खाना अन्य भोजनादिस्थलमा तुलसीपत्र राख्नु भन्ने मान्यता रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्