सुर्खेतमा देउसीभैलो बेलुका ७ बजेसम्म मात्रै खेल्न पाईने

होस्ट खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।
तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनीजस्ता विपदजन्य घटना हुन सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र कसैले सूचना अवज्ञा गरी कानुनविपरीतका कार्य गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array