बि.सं. २०७९ साल कात्तिक १ गते मंगलबारको राशिफल

होस्ट खबर १ कार्तिक २०७९, मंगलवार
5 Min Read
Aa

सुर्खेत : आज कात्तिक १ गते मंगलबार । तद्नुसार अक्टोबर महिनाको १८ तारिक २०२२ । कार्तिक कृष्णअष्टमी, कौलव करण, पुष्य नक्षत्र, सिद्ध योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०५ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ । आजका देवता कार्तिकेय, ग्रहदेव केतु हुन् ।

कार्तिक महिनाको संक्रान्ति भएकाले आजको दिन देवालय र शिवालय र असक्तहरुलाई दान दिनु उत्तम हुनेछ । आज बिहान ११ः२७ देखि १२ः१२ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सक्नुहुनेछ । मंगलबारको दिन गणेश र हुनमानको मन्दिरमा साधना र आरधना गर्दा उत्तम हुनेछ ।

मेष :
मेष राशि भएका जातकका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धन लाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा हुन्छ । बिहान सूर्य नारायणको दर्शन गर्नहोला ।

वृष :
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ ।

मिथुन :
आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट :
आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ । चन्द्रमाको साथ दिएको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह :
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।

कन्या :
दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबार कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला :
आज बिहानै सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईले गरेका काम सफल हुनेछ । विहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला ।

वृश्चिक :
ब्यापारबाट लाभ प्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु :
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। कसैसँग पनि भैरभाव नराख्नुहोला ।

मकर :
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ :
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन :
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array