देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

होस्ट खबर ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ : नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले उज्यालोलाई जानकारी दिएका छन् ।

‘नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको थियो ।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भने ।

प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तयारी पनि गरेको छ । नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा आज आइतवार बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाको तर्फबाट खेलेका निसिम थापाको ज्यान गएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array