उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?

होस्ट खबर ३१ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सप्तरी २ ले सबैको ध्यान तानेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र लोसपा नेता जयप्रकाश ठाकुरबीचको प्रतिस्पर्धाले पनि सबैको ध्यान खिचेको हो ।

यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ भने ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको दुवै गठबन्धनलाई कडा चुनौती दिएका छन् डा राउतले । डा राउतलाई जसरी पनि विजयी गराउनुपर्ने अभियानमा केही स्वतन्त्र युवाले सहयोग गरिरहेका छन् ।

जसपा र लोसपा मधेसको राजनीतिमा बलियो पकड बनाएका पार्टी हुन् । तर, मधेस राजनीतिमा पछिल्लोपटक सिके राउत नेतृत्वको जनमत पार्टी पनि उदाउँदै गएको छ । हालैको स्थानीय तह निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन नसके पनि जनमत पार्टीको प्रभाव सप्तरी जिल्लामा रहेको छ ।

सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा। राउत आफैं उम्मेदवार भएपछि यादवलाई २०७४ सालको निर्वाचनको जित दोहो¥याउन त्यति सहज छैन । २०७४ सालमा यादवलाई तत्कालीन राजपाले समर्थन गरेको थियो । तर, राजपाकै पछिल्लो रूप लोसपा आफैं अहिले चुनावी मैदानमा छ । लोसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

२०७४ सालको निर्वाचनमा यादवले २१ हजार ६ सय २० मत ल्याउँदा वामगठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्