प्रतिनिधि सभाका लागि कर्णालीबाट १२ सिटमा ७४ जनाको प्रतिस्पर्धा

होस्ट खबर २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

१२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । जसमध्ये २/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै सल्यानमा ७, डोल्पामा ५ मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् ।

यस्तै हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्