प्रधानमन्त्रीको पासा फाल्दै चुनावी अभियानमा नेताहरु

होस्ट खबर २६ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : आगामी निर्वाचन जित निकाल्नका लागि राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको पासा फालेर जनतामाझ पुगेका छन् । पार्टीका शीर्ष नेताहरुले चुनाव पछि आफै प्रधानमन्त्री भएर देश हाक्ने एजेण्डा लिएर चुनावी अभियान थालेका हुन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्प कमल दाहाल ९प्रचण्ड०, कांग्रेस नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला, शशांक कोइराला, गगन थापा लगायत आभा दर्जनभन्दा बढी नेताहरुले चुनाव पछि प्रधानमन्त्री हुने आकांक्षा व्यक्त गरेका छन् ।

चुनाव पछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने प्रधानमन्त्री आफै हुँने दाउका साथ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी,एकीकृत समाजवादी लगायत सक्ता साँझेदार दलहरुसँग चुनावी एकता गरेको छ।

चुनावी एकतालाई आगामी सरकार सञ्चालन सम्म सँगै लैजाने नेपाली कांग्रेसको सोच रहेको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

‘अहिलेको कांग्रेससँगको गठबन्धन यो सरकार रहुन्जेल र चुनावका लागि मात्रै हैन, महतले भने, ‘यो गठबन्धन चुनाव पछि बन्ने सरकारमा समेत कायम रहन्छ । देशको समृद्धि, विकास र परिवर्तित राजनीतिक व्यवस्था लाई जोगाउँ हामीले गठबन्धन गरेका हौं ।’

आगामी सरकार गठन गर्दा सम्म वर्तमान सत्ता गठबन्धन रहेको खण्डमा शेरबहादुर देउवा आफै प्रधानमन्त्री हुने दाउमा रहेका छन् । उता गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ९प्रचण्ड० पनि आगामी सरकारको नेतृत्व गर्ने गरी योजना बनाउँदै छन्। उनले केही समय प्रधानमन्त्रीकै पासा फालीसकेका छन् ।

राजनीतिक दाउँपेचमा अब्बल मानीएका दाहालले मतदातामाझ चुनाव पछिको सरकार माओवादीको नेतृत्वमा बन्ने उद्घोष गरेरै चुनावी प्रचार थालेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचन पछि एमाले सबै भन्दा ठूलो पार्टी बनेर सरकार हाक्ने दावी गरेका छन् । एमालेले चुनावको टिकट वितरण गर्नु अघि नै आगामी सरकारको नेतृत्वमा पार्टी अध्यक्षले नै गर्ने भन्ने निर्णय समेत गरिसकेको छ ।

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गत २३ गते मनोनय दर्ताकै क्रममा आफु आगामी सरकारको नेतृत्व गर्ने गरी चुनावी मैदानमा आएको बताए । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्