बि.सं. २०७९ साल असोज २६ गते बुधबारको राशफल

होस्ट खबर २६ आश्विन २०७९, बुधबार
6 Min Read
Aa

सुर्खेत : आज असोज २६ गते बुधबार। तद्नुसार अक्टुबर महिनाको १२ तारिक २०२२ । कार्तिककृष्णपक्ष तृतीया,बणिज करण, भरणी नक्षत्र, वज्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः०२ मा हुनेछ भने साँझ ५ः३८ मा सूर्यास्त हुनेछ । आज ११ः२८ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ ।

बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्न सकिन्छ । बुधबारको दिन अचल सम्पत्तिको कारोबार नगर्नुहोला । बुधबारको दिन नजिकको यात्राका लागि शुभ दिन रहेको छ । आजको देवता बरुण र ग्रहदेव चन्द्र रहेको छ । घरको सरसफाई र मर्मतको कार्य आजको दिन गर्दा राम्रो हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन कामका प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईको लागि आजको दिन त्यति अनुकुल छैन । मानसिक चिन्ता, असन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । यदी यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकुल हुनसक्छ ।

मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह)

परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवाद हटदै जानेछ । आजको दिन तपाईले गरेका काम सफलता मिल्नेछ । विहानको सूर्योदयको दर्शन फलदायी हुनेछ ।

कर्कट (हि, हू, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला (र, री, रु, रे, रो, ता, ती, तु, ते)

तपाईको मनमा खुसी छाउनसक्छ । तपाईको चाहना र इच्छाअनुसार काम हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । आजको दिन अनावश्यक खर्च हुनेछ । त्यसैले खर्च गर्दा होस गर्नुहोला । आजको दिन विहानैं सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैलाई पनि अपमान हुने काम र कुरा नगर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । तपाईको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे)

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)

आजको दिन तपाईको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार ब्यबसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)

आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

यदी व्यापार ब्यबसायमा काम गर्नुहुने मीन राशिका जातको लागि दिन उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array