कांग्रेस उपसभापति खड्काले गरे मनोनयन दर्ता

होस्ट खबर २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका पार्टी उपसभापति पूणर्बहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि खड्काले वारेसनामा मार्फत मनोनयन दर्ता गराएका हुन्।

यस्तै, प्रदेशसभातर्फ गठबन्धनबाट कांग्रेसका खड्क पोखरेल र माओवादीका कृष्ण जिसीले पनि मनोनयन दर्ता गराएका छन्। पोखरेल नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापतिसमेत हुन्।

सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन रहेको छ। जसअुसार सुर्खेत क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा र क्षेत्र नम्बर-२ को (क) प्रदेशसभा कांग्रेसले लिएको छ भने, २ (ख) प्रदेशसभा माओवादीले पाएको छ।

यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ता गरेको छ। एमालेबाट प्रतिनिधिसभाका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट धुव्रकुमार शाही, प्रदेश (क) मा ठम्बर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले पनि मनोनयन दर्ता गराएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्