सुर्खेत क्षेत्र नम्बर-२ गठबन्धनले दर्ता गरायो मनोनयन

होस्ट खबर
होस्ट खबर २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा गठबन्धनको तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले पनि मनोनयन दर्ता गराएको छ। गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि हृदयराम थानीले मनोनयन दर्ता गराएका छन्।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ (क) बाट नेवपाली कांग्रेसका कालीप्रसाद शाक्य र (ख) बाट माओवादी केन्द्रमा विन्दमान विष्टले मनोनयन दर्ता गराएका छन्। यस अघि एमालेका उम्मेदवारले पनि आफ्नो उम्मेदवरी दर्ता गरिसेका छन्।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा पनि उम्मेदारी दर्ता गराउँने क्रम जारी रहेको छ। जसमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन योगको केन्द्रीय कार्यालयबाट पत्रमार्फत उम्मेदवारी दर्ता गराउँने तयारी थालेका छन्।

प्रतिक्रिया दिनुहोस्