वर्षाकै बीच सुर्खेतमा एमालेले गर्यो मनोनयन दर्ता

होस्ट खबर २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : बुधबारदेखि परेको निरन्तर वर्षाकैबीच सुर्खेतमा दलहरुले मनोनयन दर्ता सुरु गरेका छन्। आइतबार वर्षाकैबीच दलहरुले मनोनयन दर्ता सुरु गरेका हुन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन्।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर कँडेलले सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेससभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अमृत विसी र प्रदेशसभा २ (ख) मा ताराकेशर गौतमले पनि मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रदेशसभा २ (क) मा पदम बमले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बम पूर्व वाईसीएल जिल्ला अध्यक्षसमेत हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array