कर्णालीका लागि माओवादीले टुंग्यायो उम्मेदवार

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनाव लड्ने उम्मेदवारको माओवादीले टुंगो लगाएको हो ।

सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा र प्रदेश सभाका २४ सिटमध्ये ९ सिट परेको छ ।

यी हुन् उम्मेदवार

प्रतिनिधि सभातर्फ
रुकुम पश्चिम : जनार्दन शर्मा
जाजरकोट : शक्तिबहादुर बस्नेत
कालिकोट : महेन्द्रबहादुर शाही
जुम्ला : गोमा कुँवर
हुम्ला : छिरिङ डम्डोल लामा (कार्चेन)

प्रदेश सभातर्फ
रुकुम पश्मिम : (क) महेन्द्र केसी र (ख)मा राजकुमार शर्मा, (क) मा कांग्रेसले पनि दाबी रहेकोले छलफल जारी छ ।
सुर्खेत–१ : (ख) कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट
दैलेख–२ : (ख) उपेन्द्रकुमार रावत ‘सुशील’
मुगुमा : (ख) मंगल शाही
कालिकोट : (क) दुर्गा रावत
डोल्पा : (ख) वीरबहादुर शाही
हुम्ला : (क) रणसिङ परियार
सल्यान : (क) भीमप्रकाश शर्मा

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्