सुर्खेत बराहतालको हल्दुमा फोर्स गाडी दुर्घटना

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको बराहतालको हल्दु भन्ने ठाउँमा मा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। कालिकोटबाट वीरेन्द्रनगर आउँदै गरेको लु २ ख ५००० नम्बरको उक्त फोर्स अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा सवार १६ जनामध्ये ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा दैलेखको दुल्लु नगरपालिका–३ का २९ वर्षीया कोपिला बुढा, वीरेन्द्रनगर नगरपालिका–४ का ३५ वर्षीया तुल्सी खड्का, अछाम कमलबजार नगरपालिका–४ का ३८ वर्षीया हरिबहादुर साउद र अछाम तुर्माखाँद गाउँपालिका–२ का ४५ वर्षीया गणेश शाही रहेका छन्।

घाइते कोपिलाको हात र खुट्टामा चोट लागेको छ। उनको वीरेन्द्रनगरको माया नर्सिङ होममा उपचार भइरहेको छ भने बाँकी तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

गाडी चालक कालिकोटको शुभकालिका गाउँपालका–३ का २८ बर्षीया शेरबहादुर शाहीलाई नियन्त्रणमा लिइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array