बबई, राप्ती, कर्णाली र महाकालीमा सतर्कता अपनाउन आग्रह

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ : आज शनिवार बबई तथा पश्चिम राप्तीमा पानीको सतह केही घट्ने तर खतरा तह भने माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच बर्दियामा बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिएका हुन्  ।

त्यस्तै कर्णालीमा पानीको बहाव सतर्कता आसपास हुने, महाकालीमा पानीको बहाव बढ्ने अनुमान छ । आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङसहित आसपासका जिल्लामा जोखिम छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु र हुम्लामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्