काठमाडौं : नेकपा एमालेका १० भाईका रुपमा चिनिएका छन् अध्यक्ष केपी शर्मा ओलीइतर समूह । विगतमा माधव नेपालनिकट रहेका उनीहरु नेकपा छँदा ओलीविरुद्ध संगठित समूहमा सक्रिय थिए । तर, एमाले फुट्दा उनीहरुले माधव नेपाललाई साथ दिएनन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य र रघुजी पन्त १० भाईका रुपमा परिचित छन् । उनीहरु ओलीको पेलाईमा छन् । कतिपयले ओलीसँग बन्द कोठामा आत्मालोचना गरेर स्थान सुरक्षित गरिसकेका छन् ।
भीम रावलले ओलीविरुद्ध अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । त्यसको बदलास्वरुप ओलीले विगतको गल्तीमा माफी माग्नुपर्ने भन्दै टिकट नै रोकिदिएका छन् । रावल टिकटबाट वञ्चित हुने अवस्था बनेको छ ।
अष्टलक्ष्मी शाक्यलाई काठमाडौं ८ मा चुनावी प्रतिष्पर्धा गराउने ओलीको रणनीति थियो । त्यहाँ जीवनराम श्रेष्ठ गठबन्धनबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । श्रेष्ठ विगतमा शाक्यसँग निकट मानिन्थे । उनीसँग चुनावी प्रतिष्पर्धा गराउने ओलीको रणनीतिपछि अष्टलक्ष्मीले आफू संसदीय राजनीतिबाट बिदा भएको सुनाइन् ।
युवराज ज्ञवाली प्रत्यक्ष चुनावमा नजाने भइसके । उनको नाम समानुपातिकको बन्द सूचीमा रहे नरहेको स्पष्ट छैन । अमृत बोहरा पनि संसदीय राजनीतिमा नरहने भएका छन् ।
चितवनबाट टिकट पाउने आशा गरेका सुरेन्द्र पाण्डेबारे पनि स्पष्ट छैन । घनश्याम भुसाल ओलीका कटु आलोचक हुन् । उनको पनि टिकट रोकिन सक्ने बुझिएको छ । योगेश भट्टराई ओलीसँग नजिकिए पनि विश्वास गरेका छैनन् । गोकर्ण बिष्ट टिकट पाउनेमा ढुक्क छन् । तर, उनी पनि धक्का खान सक्छन् । भीम आचार्य र रघुजी पन्तलाई पनि कठिन छ । पन्तको नाम समानुपातिकको बन्दसूचीमा रहेको चर्चा छ ।
यसरी एमालेका १० भाई ओलीको पेलाईमा परेका छन् । यसले उनीहरु राजनीतिक भविष्य सुरक्षित गर्न विकल्प खोज्न सक्ने अवस्था सृजना भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्