सन्दीप चढेको विमान अवतरणमा ढिलाइ, प्रहरीको टोली विमानस्थलमा तैनाथ

होस्ट खबर २० आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने केही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् ।

लामिछाने बिहान १० बजे काठमाडौं उत्रने बताइएको थियो । तर, तालिका अनुसारको कतार एअरको विमान ल्याण्ड गर्न सकेको छैन । केही दिनदेखिको वर्षाको कारणले पनि हवाई उडानमा समस्या देखिँदै आएको छ । नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ ।

सन्दीप विदेशमै रहेको बेला गत २१ भदौमा एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध उजुरी पर्दा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिजमा थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array