यसकारण दलहरुले उम्मेदवार घोषणा गर्न सकेनन्

होस्ट खबर १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : दलहरु एकले अर्काको उम्मेदवार को हुन् र कस्तो पृष्ठभूमिको हुने हेरेर बसेका छन् । सत्ता गठबन्धनले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । अबको एक हप्तापछि उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । तर, दलहरुले आफ्ना उम्मेदवार अझै घोषणा गरेका छैनन् ।

आन्तरिक रुपमा दलहरुको नेतृत्वले सम्भावित उम्मेदवारलाई तयारी गर्न भनिसकेका छन् । तर, उम्मेदवारहरु ढुक्क भएका छैनन् । गठबन्धनको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँटको एकखाले खाका बनिसकेको छ । यद्यपि, केही सिटमा विवाद नै छ ।

नेकपा एमाले गठबन्धनको उम्मेदवार कुरेर बसेको छ । उसको चुनावी क्षेत्रमा आन्तरिक तयारी छ । तर, उम्मेदवारको नाम घोषणा नभइसकेकाले ढुक्क छैनन् । एमालेले राप्रपा, राप्रपा नेपाल, लोसपालगायत दलहरुसँग गठबन्धन गर्ने तयारी गरिसकेको छ । यसले पनि नयाँ घटनाक्रम विकास भइरहेको छ ।

एमालेमा मधेश केन्द्रित दलका नेताहरु प्रवेश गरिरहेका छन् । जसका कारण लामो समय एमालेमा लागेकाहरु उम्मेदवार बन्नबाट वञ्चित हुँदैछन् ।
गठबन्धन र एमालेसहित अर्को पक्षमा टिकट नपाउने असन्तुष्ट नेताहरुको विद्रोहको सम्भावना पनि बढेको छ । जसका कारण यसपटकको चुनावमा प्रत्यक्षतर्फ व्यक्तिगत प्रभाव र स्वतन्त्र उम्मेदवारहरु बलियो बन्दै गएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array